April 28, 2014
Nepalgunj, Banke
तीव्रता साथ वृद्धि भइरहेको लागु पदार्थ दुव्र्यसन नियन्त्रणका लागि आइतवार नेपालगञ्जमा ग्रामीण क्षेत्रका युवाहरुसँग अन्तरक्रिया गरिएको छ ।
पछिल्ला दिनहरुमा शहर केन्द्रित लागु पदार्थको प्रयोग प्रामीणस्तरमा पनि फैलिन थालेपछि सो नियन्त्रणका लागी ग्रामीण क्षेत्रका युवाहरुसँग सम्वाद गरीएको हो ।
युवाहरुको छाता संगठन जिल्ला युवा क्लव सञ्जाल बाँके र युवा अभियानको संयुक्त साझेदारीमा जिल्लाका १० गाविसका करिव ४० युवाहरुलाई नेपालगञ्जमा भेला गराएर लागु पदार्थको बढ्दो प्रयोग, यसले व्यक्ति तथा समाजमा पार्ने प्रभाव र नियन्त्रणका उपाय बारे अवगत गराईएको थियो ।
त्यस क्रममा सहभागी युवाहरुले लागु पदार्थ न्युनिकरणका लागी सबै युवाहरु एकजुट लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्वदुव्र्यसनीकर्ता अभिराज क्षेत्रीले हाल लागु पदार्थ प्रयोगको अवस्था, नियन्त्रणका लागी भइरहेका प्रयासका विषयमा आप्mनो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला युवा क्लव सञ्जालका आशिष वर्मा, युवा अभियान बाँकेका जिल्ला कार्यक्रम संयोजक बामदेव पोख्रेल, जिल्ला युवा क्लव सञ्जाल बाँकेका महासचिव हेमराज भट्ट र सचिव राजन वर्मा लगायतले बोलेका थिए ।

No comments