BP Bamdev Pokharel
...
Read More
Human Rights · Media · Insuranceमानव अधिकार · सञ्चार · बीमा

Stories on rights, society & leadership. अधिकार, समाज र नेतृत्वका कथाहरू।

Insights and writings by Bamdev Pokharel — advocate for human rights, peacebuilding, governance and youth leadership. बामदेव पोखरेलका विचार र लेखहरू — मानव अधिकार, शान्ति निर्माण, सुशासन र युवा नेतृत्वका लागि समर्पित।

Jun 1, 2021

सफल अभिकर्ता बन्ने सूत्र


मुलुकमा रोजगारी पाइएन भन्दै हातमा सर्टिफिकेट बोकेर हिँड्ने युवाको संख्या लाखौं छ । शैक्षिक योग्यताले मात्रै रोजागरीको ग्यारेन्टी गर्दैन । शैक्षिक योग्यतासँगै आफूमा भएको प्रतिभा देखाउन सक्यो भने जताततै रोजगारीको अवसर आउन सक्छ । सानातिना काममा चासो नदिने युवा पुस्ताकै कारण आज कृषिप्रधान मुलुक सबैजसो कृषि उपजमा परनिर्भर बनिसकेको छ । रोजगारीको अर्को सम्भावना बोकेको क्षेत्र हो बीमा व्यवसाय । कुल जनसंख्याको २५ प्रतिशत हिस्सालाई मात्रै बीमाले समेट्न सकेको छ । बाँकी ७५ प्रतिशत भनेको सम्भावनाको ठूलो मैदान नै हो ।

Jan 11, 2020

बीमा भनेको के हो ? किन गर्ने बीमा ? पढ्नुस विशेष रिपोर्ट

बीमा भनेको तपाईलाई आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । तर बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईँ हामी सबै भोलीका बारेमा अनभिज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता बीमा हो ।

नेपाल लाइफ बाँसगढीमा बीमा अभिकर्ता तालिम सम्पन्न



बाँसगढी, बीमितहरुको दायित्व वहनको लागि सबैभन्दा ठुलो जीवन बीमा कोष भएको, जीवन बीमामात्र कारोबार गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीको बाँसगढी शाखाले आज अभिकर्ता तालिम सम्पन्न गरेकोछ ।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले दुई दिन सम्म नयाँ अभिकर्ताहरुलाई टार्गेट गरि तालिम संचालन गरेको ।

Jan 4, 2020

जीबन बीमा गर्दा ध्यान दिनु पर्ने कुराहरु

बीमा एक जोखिम संग सम्बन्धित विषय भएकोले यो कहिले, कहाँ, कसरी र कतीवेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जीबन बीमा अर्न्तगत आइपर्ने सम्भावीत जोखिमहरुका कारण अर्थिक क्षति भएमा अर्थिक क्षति कम्पनीले वहन गर्ने गर्छ । यसरी जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनीले बहन गर्ने भएकोले यसलाई एक जोखिम हस्तान्तरण गर्ने प्रक्रियाको रुपमा लिन सकिन्छ ।

विकासमा युवा

युवा देशका बलिया खम्बा हुन । युवा आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन । युवालाई परिचालन गर्न सकियो भने समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन सकिन्छ । यद्यपि जुनसुकै उमेरका मानिसलाई युवा मान्ने प्रवृत्तिले हाम्रो देशमा युवाको सम्मान हुन सकेको छैन ।

युवालाई अन्तर आत्मादेखि नै चिन्न जरुरी छ । युवामा धेरै जोस भरिएको हुनाले तिनको सही रूपमा सदुपयोग गर्न सक्नुपर्छ । युवा विकास, अवसर र चुनौती एक अर्काको परिपूरक मान्नुपर्छ । युवामा काम गर्ने शैली र गर्न सक्ने क्षमता हुन्छ । त्यसले युवालाई विकासमा खर्च गरिनुपर्छ । विकास शब्द रातारात उतार्दैमा विकास हुँदैन तर हाम्रो परिपाटी त्यस्तै छ । हामी कुरा २१औँ शताब्दीका प्रविधिका गर्छौ तर यही देशमा भएका युवाका विचार र कर्मलाई किन यति सहज रूपमा लिई रहेका छैनौ । किन युवाको मनोबलको कदर हुँदैन रु प्रविधि मैत्री मात्रै हैन अब देश विकासका निम्ति युवा मैत्री बनाउने अभियानमा लागौँ । अन्यथा हामी धेरै पछाडि पर्नेछौँ । युवालाई सही परिचालन गरी विकासका काममा तीव्र गतिमा बढाउन सकिन्छ । युवालाई कामको अवसर चाहिएको छ । यदि अवसर पाउने भए सरकारले चाहेको जस्तै विकास र समृद्धिको बाटो लम्कन सहज हुन्छ । कति विदेशी मुलुकमा सधैँ पसिना बगाउन आफ्नो घर र देशलाई छोडी मनहरू टुटाएर बस्न बाध्य बनाउँछौँ । आफ्नै देशमा श्रमको उचित मूल्य दिन सक्ने वातावरण बनाउन लागौँ ।