BP Bamdev Pokharel

Jan 11, 2020

नेपाल लाइफ बाँसगढीमा बीमा अभिकर्ता तालिम सम्पन्न



बाँसगढी, बीमितहरुको दायित्व वहनको लागि सबैभन्दा ठुलो जीवन बीमा कोष भएको, जीवन बीमामात्र कारोबार गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीको बाँसगढी शाखाले आज अभिकर्ता तालिम सम्पन्न गरेकोछ ।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले दुई दिन सम्म नयाँ अभिकर्ताहरुलाई टार्गेट गरि तालिम संचालन गरेको ।

तालिम बाँसगढी शाखाका गोविन्द राज पौडेलको संयोजकत्वमा बाँसगढीमा २५ र २६ गते सञ्चालित उक्त तालिम कार्यक्रममा ३० जना प्रशिक्षार्थी अभिकर्ताहरुको सहभागिता रहेको ।

तालिममा कम्पनीका क्षेत्रीय प्रमुख शैलेस श्रेष्ठ, बाँसगढी शाखाका प्रमुख बामदेव पोख्रेल, वरिष्ठ एजेन्सी म्यानेजर शिवराज थारु लगायतले दुई दिन सम्म संचालित तालिममा नेपालमा बीमाको इतिहास, बीमाको संभावना र नेपाल लाईफमा बीमा किन गर्ने लगायतका नेपाल लाईफका योजनाहरु लगायत बीमा व्यवसायको सम्वन्धमा प्रशिक्षण भएको ।

तालिममा सहभागी भए पश्चात बीमला चौधरी भन्छीन्, सबैलाई थाह छ, हामी एक दिन यो संसार छाड्छौं, तर कहिले र कसरी हामीलाई थाहा त छैन नी, हो त्यसैले बीमा गर्नु पर्छ । त्यस्तै अर्का सहभागी राम कुमार थारु भन्छन्  सबैलाई थाह भएकै कुरा हो, बच्चा जन्मे पछि उमेरको क्रमसँगै बृद्ध हुन्छन् तर बृद्ध अवस्थामा दुःख पाइन्छ या सुख के थाहा छ भविष्य कसैले देखेको छैन त्यसैले उमेर छँदै थोरै थोरै बीमामा बचत गरे बृद्ध अवस्थाको साहारा रहेछ बीमा भन्ने सिके ।

जीवन बीमा क्षेत्रको सबैभन्दा धेरै चुक्तापूँजी भएको र सबै भन्दा बढी व्यक्तिहरुको जीवन बीमा गरेको कम्पनीमा आफ्नो र परिवारको बीमा गरी समयमा नै ढुक्क हुनुहोस् ।