
बाँसगढी, बीमितहरुको दायित्व वहनको लागि सबैभन्दा ठुलो जीवन बीमा कोष भएको, जीवन बीमामात्र कारोबार गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीको बाँसगढी शाखाले आज अभिकर्ता तालिम सम्पन्न गरेकोछ ।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले दुई दिन सम्म नयाँ अभिकर्ताहरुलाई टार्गेट गरि तालिम संचालन गरेको ।
तालिम बाँसगढी शाखाका गोविन्द राज पौडेलको संयोजकत्वमा बाँसगढीमा २५ र २६ गते सञ्चालित उक्त तालिम कार्यक्रममा ३० जना प्रशिक्षार्थी अभिकर्ताहरुको सहभागिता रहेको ।
तालिममा कम्पनीका क्षेत्रीय प्रमुख शैलेस श्रेष्ठ, बाँसगढी शाखाका प्रमुख बामदेव पोख्रेल, वरिष्ठ एजेन्सी म्यानेजर शिवराज थारु लगायतले दुई दिन सम्म संचालित तालिममा नेपालमा बीमाको इतिहास, बीमाको संभावना र नेपाल लाईफमा बीमा किन गर्ने लगायतका नेपाल लाईफका योजनाहरु लगायत बीमा व्यवसायको सम्वन्धमा प्रशिक्षण भएको ।
तालिममा सहभागी भए पश्चात बीमला चौधरी भन्छीन्, सबैलाई थाह छ, हामी एक दिन यो संसार छाड्छौं, तर कहिले र कसरी हामीलाई थाहा त छैन नी, हो त्यसैले बीमा गर्नु पर्छ । त्यस्तै अर्का सहभागी राम कुमार थारु भन्छन् सबैलाई थाह भएकै कुरा हो, बच्चा जन्मे पछि उमेरको क्रमसँगै बृद्ध हुन्छन् तर बृद्ध अवस्थामा दुःख पाइन्छ या सुख के थाहा छ भविष्य कसैले देखेको छैन त्यसैले उमेर छँदै थोरै थोरै बीमामा बचत गरे बृद्ध अवस्थाको साहारा रहेछ बीमा भन्ने सिके ।
जीवन बीमा क्षेत्रको सबैभन्दा धेरै चुक्तापूँजी भएको र सबै भन्दा बढी व्यक्तिहरुको जीवन बीमा गरेको कम्पनीमा आफ्नो र परिवारको बीमा गरी समयमा नै ढुक्क हुनुहोस् ।