रझेना, बाँके
एलाइन्स फर पिस र युवा दृष्टि नेपालको आयोजनामा श्री सगरमाथा ज्ञानपुञ्ज उमावीमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने लैगिंक हिंसा र महिला हिंसा न्युनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा महिला हिंसा न्युनीकरण, हिंसा व्यवस्थापन, शान्ति स्थापना, दृष्टिकोण र घरेलु हिंसा तथा द्वन्द्व विश्लेषणका विषयमा प्रशिक्षण गरिएको छ । द्वन्द्व व्यवस्थापन र विश्लेषणको अभावमा शान्ति व्यवस्थापनमा समस्या भइरहेकोले त्यसप्रति सहज हुनु पर्ने कार्यक्रममा सहभागी तारा सापकोटाले बताएका छन । अर्का सहभागीले शान्ति स्थापनामा विद्यार्थीहरुको सक्रियता भयो भने हिंसा न्युनीकरण तथा द्वन्द्वको व्यवस्थापन हुनुको साथै समाजमा शान्ति स्थापना हुने बताए । सो कार्यक्रममा युवा दृष्टि नेपालका अध्यक्ष तथा एलाइन्स फर पिसका जिल्ला कार्यक्रम संयोजक युवराज पोख्रल र युवा शान्ति परिषद्का सदस्य सरिता पौडेलले सहजिकरण गर्नु भएको थियो ।
त्यसै गरि रझेना गाविसको अर्को विद्यालय श्री लक्ष्मी उमावीका विद्यार्थीहरु सहित महिलाहरुलाई अशल शासन क्लव पुष्पनगरको आयोजना तथा एलाइन्स फर पिसको सहकार्यमा लैगिंक हिंसा र महिला हिंसा न्युनीकरण सम्बन्धि अभिमुखीकरण समेत गरिएको छ । सो कार्यक्रमको सहजिकरण युवा परिषद बाँकेका अध्यक्ष बामदेव पोख्रेलले गर्नु भएको थियो । सो कार्यक्रममा ३२ जनाको सहभागीता रहेको थियो ।

