HI, I’M BAMDEV

Success is the sweetest form of revenge

About Me

I'm a freelancer

I am Bamdev Pokharel, a Freelance Strategist based in Nepalganj, Bherī, Nepal. With a passion for empowering businesses with innovative solutions, I bring a diverse range of skills and experiences to the table.

In the realm of human rights and social justice, I have over 8 years of experience. Through my work in peacebuilding, community security, and social development, I have actively promoted economic, social, and cultural rights, youth capacity and leadership development, good governance, and income generation. My expertise lies in planning, monitoring, report writing, documentation, and dissemination.

I also have 5 years of experience in the media industry, including FM radios, print, and digital media. This has honed my communication skills and provided me with a strong understanding of marketing and analytical aspects.

Furthermore, I have spent 6 years in the life insurance industry, holding managerial positions. As an area manager and branch manager, I successfully implemented strategies, assessed market conditions, developed financial objectives and business plans, and provided training, coaching, and motivation to agents and customers.

My academic background includes a Master's degree in Social Studies, a Bachelor's degree in Population and Mathematics, and I am currently pursuing an LLB degree. These qualifications have provided me with a solid foundation and a strong understanding of various subjects.

Throughout my career, I have actively participated in various trainings, workshops, and conferences to enhance my skills and knowledge. I have also been involved in organizing and facilitating training sessions, workshops, and community events.

Passionate about making a difference in society, I am always eager to take on new challenges and opportunities. With my strong skills in planning, coordination, communication, and research, I am confident in my ability to contribute to organizations and create a positive impact on individuals and communities.

If you're looking for someone who can bring valuable assets to your organization, I believe my expertise and experience make me a great fit.

Bamdev Pokhrel Youth Activist

Bamdev Pokhrel Freelancer

Bamdev Pokhrel Financial Advisor

My Services

WHAT I CAN DO

Proposal and Grant Writing

Bussness Plan Desiginer

Content Writing

With a strong foundation in Proposal and Grant Writing, Business Plan Design, and Content Writing, I bring a wealth of knowledge, skill, and experience to the table. Over the years, I have honed my expertise in crafting compelling proposals and grant applications, showcasing a deep understanding of project goals and the ability to articulate them effectively. My proficiency in designing comprehensive business plans ensures a thorough analysis of market trends, financial projections, and strategic objectives, resulting in a roadmap for success. Moreover, my adeptness in content writing guarantees engaging and persuasive materials that captivate audiences across various platforms. With my multifaceted skill set, I am well-equipped to provide comprehensive and impactful solutions for all your proposal, grant, business plan, and content needs.
  • Proposal and Grant Writing 90%
  • Bussness Plan Desiginer 75%
  • Content Writing 90%
  • Report Writing 95%

My Blog

MY BEST WORKS
सफल अभिकर्ता बन्ने सूत्र

मुलुकमा रोजगारी पाइएन भन्दै हातमा सर्टिफिकेट बोकेर हिँड्ने युवाको संख्या लाखौं छ । शैक्षिक योग्यताले मात्रै रोजागरीको ग्यारेन्टी गर्दैन । शैक्षिक योग्यतासँगै आफूमा भएको प्रतिभा देखाउन सक्यो भने जताततै रोजगारीको अवसर आउन सक्छ । सानातिना काममा चासो नदिने युवा पुस्ताकै कारण आज कृषिप्रधान मुलुक सबैजसो कृषि उपजमा परनिर्भर बनिसकेको छ । रोजगारीको अर्को सम्भावना बोकेको क्षेत्र हो बीमा व्यवसाय । कुल जनसंख्याको २५ प्रतिशत हिस्सालाई मात्रै बीमाले समेट्न सकेको छ । बाँकी ७५ प्रतिशत भनेको सम्भावनाको ठूलो मैदान नै हो ।
बीमा अभिकर्ता भनेका बीमा कम्पनीका मेरुदण्ड हुन् । जीवन बीमा व्यवसायमा बीमा अभिकर्ता नै अग्रिम पंक्तिमा उपस्थित हुन्छन् । अग्रपंक्तिमा सर्वसाधारणलाई बीमाको आवश्यकता र महत्वको विषयमा जानकारी गराउने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले पनि प्रचलित ऐेन कानुनबमोजिम आय–आर्जन गर्दछन् । बीमा गर्न चाहने व्यक्तिको आयस्रोत, उद्देश्य, आचरण, बचत गर्ने क्षमता, आर्थिक भार आदिको मूल्याङ्कन गरी बीमा आभिकर्ताले ग्राहकसमक्ष बीमा योजनाको बारेमा स्पष्ट पार्दछन् । यसैअनुसार बीमा कम्पनीको बीमा लेख बिक्री हुन्छ ।


















यसरी गरिएको व्यापारमा बीमा अभिकर्तालाई सीमित कमिसन, बीमा कम्पनीलाई व्यवसाय र बीमा गर्ने व्यक्ति वा समूहलाई आर्थिक सुरक्षा प्रदान हुन्छ । जसले त्रिपक्षीयरूपमा सबैलाई फाइदै फाइदा हुन्छ । सर्वप्रथम ग्राहकको इच्छा र क्षमताअुनसार बीमा लेखअनुसार बीमा लेख बिक्री गर्नु बीमा अभिकर्ताको दायित्व हो । जसमा प्रचलित बीमा लेखहरूको शुल्क, सुरक्षा र मुनाफाको बारेमा स्पष्ट जानकारी बीमितलाई गराइनुपर्दछ । बीमा व्यवसायलाई सम्मानित, गरिमामय, मर्यादित बनाउन अभिकर्तामा निम्न गुणहरु हुनु अनिवार्य हुन्छ ।

👉 आकर्षक व्यक्तित्व
👉 इमानदारिता
👉 जनसम्पर्क
👉 बीमासम्बन्धी पूर्ण ज्ञान
👉 सम्भावनाको खोजी
👉 निरन्तरता नै सफलता
👉 योजना तर्जुमा
👉 व्यापारिक शैली
👉 दिगो विश्वास
👉 ठूलो बीमा लेख बेच्ने प्रयास
👉 नयाँ बीमा लेखको जानकारी 

व्यक्तित्व भनेको बजार व्यवस्थापनको कडी हो । जसले ग्राहकलाई विश्वास दिलाउन सक्छ । बीमा अभिकर्ता जुन बीमा कम्पनीमार्फत् बजारमा गएको हुन्छ । उसमा बीमा कम्पनीको सम्पूर्ण बीमा लेख, आर्थिक सुरक्षा, बोनसदर, वित्तीय अवस्था आदि सबैको जानकारी हुनु जरुरी छ, जसको कारणले आत्मविश्वास र ग्राहकमा भरोसा छाउँछ ।

बीमा अभिकर्ताले आफ्नो पेसालाई गौरव ठानी इमानदारिपूर्वक अगाडि बढ्नुपर्दछ । आफ्नो पेसामा अडिग, ग्राहकको सेवामा निरन्तरता र बीमा कम्पनीको हितका लागि सधैँ समर्पित रहनुपर्दछ ।

बीमा अभिकर्ताले नियोजितरूपमा जनसम्पर्क गरिराख्नु जरुरी छ । चाहे त्यो व्यक्तिले बीमा गरोस् वा नगोरोस्, आफ्ना योजनाहरू प्रस्तुत गरी रहनुपर्दछ । जसमा रोटरी क्लब, लायन्स क्बल, चेम्बर अफ कमर्श, स्काउट, रेडक्र, क्यान्सर सोसाइटी आदि संस्थाहरू सहयोगी हुन्छन् ।

कुनै पनि व्यक्तिले पहिलो भेटमा नै कुराकानी गर्न साथ बीमा गराउन मञ्जुर हुँदैनन् । उनीहरूले विविध समस्या देखाउँछन् तर धेरै बीमा अभिकर्ताहरूले १–२ पटकको अनुरोधपछि उक्त व्यक्तिलाई सम्पर्क गर्दैनन्, यही ठूलो कमजोरी देखिन्छ । यथार्थमा अधिकांश व्यक्तिहरूको जीवनमा तेस्रो भेटपश्चात् ८०५ ले बीमा गरेको पाइन्छ । यो विश्वास जित्ने आधार हो ।

सफल बीमा अभिकर्ता हुनलाई सर्वप्रथम आफ्नो योजना र ग्राहकको चाहनाअनुरूप प्रस्तुत हुनुपर्दछ ।

व्यापारिक शैलीमा सानो कुराले ठूलो फरक पार्दछ । धैर्यवान् हुनु ग्राहकको निरन्तर सम्पर्कमा बस्नु, ग्राहकको आवश्यकता पत्ता लगाउनु, त्यसको समाधान गर्नु र विषयवस्तुमा प्रवेश गर्नु यसको विशेषता हो । बजार व्यवस्थापनको अनुमानित विवरणमा ४०५ व्यापार आफ्नो सम्बन्धबाट हुन्छ भने ३०५ व्यापार ग्राहकको आवश्यकतामा भर पर्दछ अनि २०५ व्यापार उद्देश्यमुलक, समाधानमूलक हुन्छ र १०५ व्यापार नजिकको निकटताले गर्दछ । त्यसैले यहाँ बीमा लेखा बिक्री गर्न सर्वप्रथम राम्रो सम्बन्ध सबैसँग कायम राख्न सक्नुपर्दछ ।

जसमा दिवास्वप्न पर्दछ । दृढ अठोटका साथमा काम गरेमा एक समय सफलता प्राप्तै हुन्छ ।

आफ्नो आम्दानी, बीमकको व्यापार र बीमितको सुरक्षाको लागि ग्राहकको क्षमताअनुकूल जतिसक्दो ठूलो रकमको बीमा प्रस्ताव प्रस्तुत गर्नुपर्दछ । जसले समयको बचत, आम्दानी बढी र आफ्नो सफलतामा प्रोत्साहन गर्दछ ।

बीमा कम्पनीहरूले प्रतिस्पर्धात्मक रूपमा केही समयको अन्तरालमा नै नयाँ बीमा योजना प्रस्ताव गर्दछन् । सो को पूर्ण जानकारी लिएर आफ्नो पूर्वग्राहकसमक्ष फेरि बजार विस्तार गर्न सकिन्छ ।


बीमा अभिकर्ताले आफ्नो सम्पर्कका साथी, इष्टमित्र, दाजुभाइ, छिमेकी, सहकर्मीहरूको आर्थिक, सामाजिक, नैतिक रूपमा अनुसन्धान गरी कुन बीमा लेख बिक्री गर्न सकिन्छ, सोको सम्भावनाको बारेमा क्रियशील रहनुपर्दछ ।
बीमा भनेको के हो ? किन गर्ने बीमा ? पढ्नुस विशेष रिपोर्ट
बीमा भनेको तपाईलाई आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । तर बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईँ हामी सबै भोलीका बारेमा अनभिज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता बीमा हो ।
बीमाको शाब्दिक अर्थ
‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पन िवभिन्न विश्लेषकहरुले बीमालाई जोखिम हस्तान्तरणको रुपमा व्याख्या गर्ने गरेका छन् ।
बीमा दुई प्रकारमा बीमा गर्न सकिन्छ : 
१. जीवन बीमा
बीमा समितिले बीमा भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बीमा पनि मुख्य गरी तीन वर्गका हुन्छन् ।
क) आजीवन जीवन बीमा
बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमामा निर्धारित अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि बिमितले बीमा शुल्क तिर्नुपर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।
ख) सावधिक जीवन बीमा
निश्चित अवधिसम्ममा बिमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, यदि बिमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ । त्यस्तै दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
ग) म्यादी जीवन बीमा
सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्छ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । यस्तो योजनाको बीमाशुल्क पनि कम हुन्छ ।
२. निर्जीवन बीमा
जीवन बीमा बाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिअन्तर्गत पशुबीमा पनि ल्याएको । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ ।
नेपालमा बीमा व्यवसायको सुरुवात
नेपालमा बीमा व्यवसायको सुरुवातका सम्बन्धमा बीमा विज्ञ चन्द सिंह साउद लेख्छन–नेपालको आधुनिक बीमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बीमा कम्पनीहरुले खुलारुपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टरमार्फत नेपालमा बीमा व्यवसाय चालएका थिए । स्वदेशी बिमकको स्थापना पूर्व ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरेको अभिलेख भेटिन्छ । बैंकिङ कारोबारको वृद्धिसँगै बीमाको महत्व र आवश्यकता बढ्यो । नेपाल बैंक लिमिटेडले वि.सं. २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गर्यो । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले क्रियाशील छ ।
वि.सं. २०२४ साल पुस १ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा राष्ट्रिय बीमा संस्थान स्थापना भयो । संस्थानले आफ्नो कारोबार २०२४ साल फागुन ११ गतेदेखि चालू गरेको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ पारित भएपछि २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थानले जीवन तथा निर्जीवन दुवै बीमा गर्दै आएको छ । बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमा नियामक निकाय स्थापना गर्न २०२५ सालमा छुट्टै बीमा ऐन जारी भयो । यसले बीमा समितिको स्थापना गरायो । सोही ऐनअनुसार बीमा नियम २०२६ समेत पारित भई कार्यान्वयन भएको हो । उद्योग, व्यापार तथा यातायात क्षेत्रको विकास हुँदै गएपछि थप बीमा कम्पनीहरु खुल्दै गए । २०४४ सालमा जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको रुपमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीको स्थापना भयो ।
वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि नेपाल सरकारले अंगीकार गरेको आर्थिक उदारीकरणको नीतिको परिणामस्वरुप हाल २५ वटा कम्पनीलाई जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न बीमा समितिबाट अनुमति प्राप्त छ । बीमा ऐन, २०२५ लाई संशोधन गरी बीमा ऐन, २०४९ आयो । हाल उक्त ऐनका विभिन्न दफामा आवश्यक संशोधन भइसकेको छ । बीमा नियमावली, २०४९ र बीमा ऐनलाई थप संशोधन गर्न बीमा समितिले अहिले पनि पहल गरिरहेको छ ।
नेपालको बीमा बजारप्रति बहुराष्ट्रिय बीमा कम्पनी, पुनर्बीमा कम्पनीलगायत अन्तर्राष्ट्रिय बीमा संगठनले समेत सरोकार राख्दै आएका छन् । बीमा समितिले २०५६ साल चैतमा बीमासम्बन्धी अन्तर्रा्ष्ट्रियस्तरको सम्मेलनसमेत गरिसकेको छ । यसले नेपालको बीमा बजारलाई विश्वसामु परिचित गराउन सहयोग पुर्यायो । हाल नेपालमा पुनर्बीमा कम्पनी नभएकोले नेपालको पुनर्बीमा व्यवसाय विदेशी पुनर्बिमकमा भर परेको छ । केवल निर्जीवन बीमा व्यवसायको आतंकवाद समूहअन्तर्गत पर्ने हुलदंगा, हडताल, दैषपूर्ण कार्य तथा आतंकको बीमाको लागि आकस्मिक बीमा कोष स्थापना गरिएको थियो, जसको पुनर्बीमा पनि विदेशी कम्पनीमै भर परेको छ । त्यसैले आकस्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनी बनाउन गृहकार्य सुरु भइसकेको पनि छ ।
बीमाको महत्व एवम् फाइदाहरु
बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमितलाई कहिले पनि घाटा हुँदैन । बुँदागत रुपमा हेरौँ बीमा गर्दाका फाइदाहरुलाई ।  
सर्वोत्तम बचत
जीवन बीमालाई सर्वोत्तम बचतका रूपमा लिन सकिन्छ । तर, यसप्रकारको बचत जुनसुकै समयमा झिक्न सकिँदैन । बैङ्क तथा वित्तीय संस्थामा रकम राख्दा जुनसुकै समयमा रकम झिक्न सकिने भएकाले अनावश्यक खर्च हुने सम्भावना पनि हुन्छ । तर, जीवन बीमाबापत सङ्कलन गरेको बचत तुरून्तै निकाल्न नसकिने भएकाले यसलाई सर्वोत्तम बचत भनिएको हो । बीमामा निर्धा्रित समयमा बीमा कम्पनीलाई बीमाशुल्क तिर्नुपर्ने हुन्छ । तोकिएको समयमा बीमाशुल्क नतिरेमा जरीवानासमेत तिर्नुपर्ने हुन्छ । त्यसैले, निर्धा्रित समयमै बीमाशुल्क भुक्तानीमार्फत अनावश्यक खर्च कटौती गरी बीमाशुल्कका रूपमा बचत गरिन्छ ।
सर्वाेत्तम बचतलाई अनिवार्य वा बाध्यात्मक बचत पनि भन्न सकिन्छ । जीवन बीमामा बीमितले पटक–पटक गरेर थोरै–थोरै रकम तिर्दै गए पनि बीमा परिपक्वता हुँदा धेरै रकम सङ्कलन हुन्छ । साथै, बीमा अवधि नसकिँदै बीमितको मृत्यु भएमा सोही समयमा भविष्यमा तिर्नुपर्ने रकम वा बीमाङ्क तथा सो अवधिसम्मको बोनससमेत निजको हकवालाले प्राप्त गर्छ ।
आर्थिक सुरक्षा 
जीवन बीमाको चर्चा हुनेबित्तिकै आर्थिक सुरक्षाको पनि कुरा आउँछ । बीमा नै यस्तो साधन हो, जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको कवचका रूपमा काम गरेको हुन्छ । बीमामा बीमितको धेरै ठूलो रकमको जोखिम वहन भएको हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा बीमाङ्क तथा सो अवधिसम्मको बोनस बीमा कम्पनीले निजको हकवालालाई प्रदान गर्छ । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।
कर छूट 
आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
ऋण सुविधा 
बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नुपर्दैन ।
परनिर्भरता उन्मूलन 
जीवन बीमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।
मानसिक शान्ति 
मानिसलाई आफ्नो जीवनमा हुन सक्ने अनिश्चितताले सताइरहेको हुन्छ । आफ्नो मृत्युपछि घरव्यवहार सञ्चालन, सन्तानको शिक्षा, बुढेसकालको सहारालगायत विविध कारणले गर्दा मानिसहरू त्रसित भएका हुन्छन् । जीवन बीमाले यस्ता समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले मानसिक शान्ति प्रदान गर्छ ।
भविष्यको योजना निर्माण
हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसँग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।
मुलुकको विकासमा भूमिका 
हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ ।  पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बिमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बीमा उपयुक्त माध्यम हो ।
छोराछोरीको शिक्षा 
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।
बीमा कम्पनीहरु
नेपालमा जम्मा २७ वटा बीमा कम्पनीहरु छन् । जसमा ९ वटा जीवन बीमा कम्पनीहरु छन् । १७ वटा निर्जीवन बीमा कम्पनीहरु छने भने एउटा पुनर्बीमा कम्पनी रहेको छ ।
नियामक निकाय
नेपालमा हाल बीमा कम्पनीहरुको नियामक निकायका रुपमा बीमा समिति रहेको छ । समितिले नेपालभर रहेका बीमा कम्पनीहरुको नियमन गर्नुका साथै बीमा क्षेत्र सुधारका विभिन्न योजना तथा निर्देशनहरु जारी गर्ने गर्दछ ।
अन्य सान्दर्भिक तथा महत्वपुर्ण विषयहरु
बीमा अभिकर्ता : बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो ।
बीमा सर्भेयर : बीमा गरिएको कारणले कुनै क्षति भएमा सो को मूल्यांकनकर्ता हो ।
बीमांकी : बीमांकीय बिज्ञानमा स्नातक गरेको ब्यक्ति हो ।
बीमांकीय बिज्ञान : दायित्व मूल्यांकन सम्बन्धी उच्च प्राबिधिक तथा ब्यावसायिक विषय हो ।
दाबी मूल्यांकनकर्ताहरु : बीमा गरिएको कारणले भएको क्षतिको मूल्यांकनकर्तालाई दाबी मूल्यांकनकर्ता भनिन्छ ।
नेपाल लाइफ बाँसगढीमा बीमा अभिकर्ता तालिम सम्पन्न


बाँसगढी, बीमितहरुको दायित्व वहनको लागि सबैभन्दा ठुलो जीवन बीमा कोष भएको, जीवन बीमामात्र कारोबार गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीको बाँसगढी शाखाले आज अभिकर्ता तालिम सम्पन्न गरेकोछ ।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले दुई दिन सम्म नयाँ अभिकर्ताहरुलाई टार्गेट गरि तालिम संचालन गरेको ।

तालिम बाँसगढी शाखाका गोविन्द राज पौडेलको संयोजकत्वमा बाँसगढीमा २५ र २६ गते सञ्चालित उक्त तालिम कार्यक्रममा ३० जना प्रशिक्षार्थी अभिकर्ताहरुको सहभागिता रहेको ।

तालिममा कम्पनीका क्षेत्रीय प्रमुख शैलेस श्रेष्ठ, बाँसगढी शाखाका प्रमुख बामदेव पोख्रेल, वरिष्ठ एजेन्सी म्यानेजर शिवराज थारु लगायतले दुई दिन सम्म संचालित तालिममा नेपालमा बीमाको इतिहास, बीमाको संभावना र नेपाल लाईफमा बीमा किन गर्ने लगायतका नेपाल लाईफका योजनाहरु लगायत बीमा व्यवसायको सम्वन्धमा प्रशिक्षण भएको ।

तालिममा सहभागी भए पश्चात बीमला चौधरी भन्छीन्, सबैलाई थाह छ, हामी एक दिन यो संसार छाड्छौं, तर कहिले र कसरी हामीलाई थाहा त छैन नी, हो त्यसैले बीमा गर्नु पर्छ । त्यस्तै अर्का सहभागी राम कुमार थारु भन्छन्  सबैलाई थाह भएकै कुरा हो, बच्चा जन्मे पछि उमेरको क्रमसँगै बृद्ध हुन्छन् तर बृद्ध अवस्थामा दुःख पाइन्छ या सुख के थाहा छ भविष्य कसैले देखेको छैन त्यसैले उमेर छँदै थोरै थोरै बीमामा बचत गरे बृद्ध अवस्थाको साहारा रहेछ बीमा भन्ने सिके ।

जीवन बीमा क्षेत्रको सबैभन्दा धेरै चुक्तापूँजी भएको र सबै भन्दा बढी व्यक्तिहरुको जीवन बीमा गरेको कम्पनीमा आफ्नो र परिवारको बीमा गरी समयमा नै ढुक्क हुनुहोस् ।

जीबन बीमा गर्दा ध्यान दिनु पर्ने कुराहरु
बीमा एक जोखिम संग सम्बन्धित विषय भएकोले यो कहिले, कहाँ, कसरी र कतीवेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जीबन बीमा अर्न्तगत आइपर्ने सम्भावीत जोखिमहरुका कारण अर्थिक क्षति भएमा अर्थिक क्षति कम्पनीले वहन गर्ने गर्छ । यसरी जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनीले बहन गर्ने भएकोले यसलाई एक जोखिम हस्तान्तरण गर्ने प्रक्रियाको रुपमा लिन सकिन्छ ।
‘जीवन बीमा’ भनेको बीमक र विमित विच गरिने एक किसिमको करारपत्र हो। जिबन वीमालेख अनुसार मोहलत अबधि भित्र बिमितलाई दाबी भुक्तानी दिनु नपरेको अवस्थामा मोहलत अबधि पश्चात बिमांक रकम र आर्जित बोनस कम्पनीले बिमितलाई फिर्ता गर्दछ तसर्थ जिबन वीमा जोखिम हस्तान्तरणका साथ साथै सुरक्षित लगानी समेत हो तसर्थ जिबन वीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनु पर्दछस् ।

क) जीबन वीमा गर्नुको उदेश्य
जीबन बीमा किन र केका लागि बीमा योजना खरिद गर्न लागिएको हो भन्नेबारेमा आफू प्रस्ट हुनुपर्छ। आफुलाई धरै प्रतिफल आउने तर जोखिमको हिसाबले महत्व न दिने हो भने सामान्य किसिमका सबधिक किसिमका वीमा योजना हरु खरिद गर्दा राम्रो हुन्छ। सबधिक जिबन वीमा योजनाहरु सामान्यता सस्तो वीमा शुल्करप्रिमियम का हुन्छन, भने वीमा अबधि पश्चात आउने प्रतिफल तुलनात्मक रुपमा धरै हुन्छ।

ख) जीबन वीमा योजनाको किसिम
सबै उमेर समूहलाई एकै खाले जिबन वीमा योजना नसुहाउने भएकाले आफूलाई कुनचाहिँ योजना ठीक छ भनी जानकारी हासिल गर्नुपर्छ । सामान्यता ५० वर्ष माथिको उमेरको अवस्थामा जिबन वीमा गर्दा आजीवन जीवन बीमा योजना खरिद गर्दा तुलात्नामक रुपमा राम्रो हुन्छ। ५० वर्ष उमेर काटेको व्यक्तिले वीमा परिपक्क भैसके पछि फेरी अर्को वीमा योजना खरिद गर्दा वीमा शुल्क उमेरको कारण तुलात्नामक रुपमा महँगो हुन्छ तसर्थ आजीवन प्रकृतिको जिबन वीमा गर्दा राम्रो हुन्छ। अर्को तिर कम उमेरको व्यक्तिले भबिष्यमा ब्यबसाय, शिक्षा, बिबाह तथा अन्य योजनाको लागि बचत तथा आर्थिक सुरक्षाको लागि वीमा गर्न सक्छन तसर्थ कम उम्नेरका व्यक्तिले अग्रिम भुक्तानीरसबधिक प्रकृतिका वीमा योजना उपयुक्त हुन्छ।

ग) आर्थिक अवस्थाको बिस्लेषण
बीमा योजना खरिद गर्दा आफ्नो आर्थिक अवस्थाको समेत बिस्लेषण गर्न जरुरि छ, बीमा योजना भबिष्यको लागि खरिद गरिने हुदा बिमा गर्न चाहने ब्यक्तीले भविष्यको आकलन गर्न जरुरि हुन्छ। बीमा योजना खरिद गर्दा आफ्नो आयश्रोतको समेत ख्याल गर्नु जरुरि हुन्छ। सामान्यतया भबिष्यमा आय बढ्ने आधारहरु छन् भने भबिष्यको ख्याल गर्दै बीमा योजनाहरु खरिद गर्नु पर्दछ। ‘अन्डर इन्स्योरेन्स वा ओभर इन्स्योरेन्स’ दुवैले बिमितलाई बीमाबाट लाभ हुदैन तसर्थ आफ्नो वर्तमान तथा भबिष्यको समेत आयको ख्याल गर्नु पर्दछ। बीमा गर्दा आफ्नो तथा परिवारको आयको ख्याल गरेर जिबन बीमा योजनाहरु खरिद गर्नु पर्दछ।

घ) बीमा योजनाका अतिरिक्त सुबिधाहरुको मुल्यांकन
बीमा गर्ने व्यक्तिले बुझ्नु पर्ने कुरा बीमा फाइदाको लागि नभएर सम्भावीत जोखिमहरुका कारण अर्थिक क्षतिमा पाइने सुबिधा मात्र हो तसर्थ बीमा योजनाहरुमा पाइनेरलागुहुने पुरक करार सुबिधाहरु को समेत मुल्यांकन गर्नु जरुरि हुन्छ जिबन बीमा कम्पनीहरुले अतिरिक्त सुविधाहरु अन्तर्गत दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधारबीमाशुल्क छुट सुविधा, माषिक आय सुबिधाहरुका अतिरिक्त घातक रोग सुबिधाहरु समेत दिने गरेका छन् । दुर्घटना मृत्यु लाभको सुबिधा समेत कम्पनी तथा बीमा योजना अनुसार फरक(फरक हुन सक्छ तसर्थ बीमा गर्दा दुर्घटना मृत्यु लाभको सुबिधाको सिमा, घातक रोग सुबिधामा पाउने सुबिधा समेत विचार गर्नु पर्दछ ।

ङ) अन्य ध्यान दिनु पर्ने कुराहरु
जीबन बीमा धिर्घकालिन प्रकृतिको हुने हुदा बीमा कम्पनीको प्रोफाइल, कम्पनीका संचालक तथा प्रबर्द्धकहरुको अवस्था, व्यवस्थापनको कुशलता, आफुलाई बीमा गराउने अभिकर्ताको योग्यता, बीमा कम्पनीको वित्तीय अवस्था, बीमा गर्ने अबधि, प्रिमियम तिर्ने समय समेत ख्याल गर्नुपर्ने हुन्छ।

विकासमा युवा
युवा देशका बलिया खम्बा हुन । युवा आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन । युवालाई परिचालन गर्न सकियो भने समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन सकिन्छ । यद्यपि जुनसुकै उमेरका मानिसलाई युवा मान्ने प्रवृत्तिले हाम्रो देशमा युवाको सम्मान हुन सकेको छैन ।

युवालाई अन्तर आत्मादेखि नै चिन्न जरुरी छ । युवामा धेरै जोस भरिएको हुनाले तिनको सही रूपमा सदुपयोग गर्न सक्नुपर्छ । युवा विकास, अवसर र चुनौती एक अर्काको परिपूरक मान्नुपर्छ । युवामा काम गर्ने शैली र गर्न सक्ने क्षमता हुन्छ । त्यसले युवालाई विकासमा खर्च गरिनुपर्छ । विकास शब्द रातारात उतार्दैमा विकास हुँदैन तर हाम्रो परिपाटी त्यस्तै छ । हामी कुरा २१औँ शताब्दीका प्रविधिका गर्छौ तर यही देशमा भएका युवाका विचार र कर्मलाई किन यति सहज रूपमा लिई रहेका छैनौ । किन युवाको मनोबलको कदर हुँदैन रु प्रविधि मैत्री मात्रै हैन अब देश विकासका निम्ति युवा मैत्री बनाउने अभियानमा लागौँ । अन्यथा हामी धेरै पछाडि पर्नेछौँ । युवालाई सही परिचालन गरी विकासका काममा तीव्र गतिमा बढाउन सकिन्छ । युवालाई कामको अवसर चाहिएको छ । यदि अवसर पाउने भए सरकारले चाहेको जस्तै विकास र समृद्धिको बाटो लम्कन सहज हुन्छ । कति विदेशी मुलुकमा सधैँ पसिना बगाउन आफ्नो घर र देशलाई छोडी मनहरू टुटाएर बस्न बाध्य बनाउँछौँ । आफ्नै देशमा श्रमको उचित मूल्य दिन सक्ने वातावरण बनाउन लागौँ ।

कति दिन रोइलो गर्ने हामी विभिन्न सीपको र शिक्षाको सधैँ सिरानी लगाएर सुत्न बाँधे किन बनाईदैछ । यदि आफ्नो देशमा नै उचित पारिश्रमिक दिएर आफ्नो शिक्षाको कदर हुन सक्दैन भने त्यस्तो शिक्षाको आवश्यकता हो कि बाध्यता हो रुएउटा काम गर्ने मनस्थिति भएको मान्छेले काम गर्छु भन्दा पनि कामको अवसर छैन । यहाँ काम पाउनका लागि कि त राजनीतिक दलको सदस्यता हुनुपर्छ वा उच्च पदमा बसेका मानिसका नातेदार नै हुनुपर्छ । यस्तो स्थिति कहिलेसम्म भोग्नु पर्ने हो रु कोही पनि नचिनेका सिधा र आफ्नो दैनिकी हलो, कोदालो हातमा लिएर फोका उठाएर काम गर्दै शिक्षा हासिल गरेकाले के सधैँ आफ्नो प्रमाणपत्र जलाउनुपर्ने हो । यस्ता बिड्म्वनाहरुले कैयौँ नेपालीको मन जली रहेका छन् । यस्ता बाधाअडचनलाई हामीले समयमा नै समाधान गर्न सक्यौ भने देशलाई उन्नतिको बाटोतर्फ अगाडि बढाउन सक्छौ ।

कम्तीमा पनि एउटा सामान्य परिवारलाई दाल, भात खानसम्म धान्न सक्ने मात्रै रोजगार दिने हो भने कैयौँ युवाले आफ्नो पसिना आफ्नै देशमा सिंचित गर्ने सक्छन् । यसतर्फ सरकार र सरोकारवालाले समयमानै ध्याना दिनु जरुरी छ । युवाको श्रमलाई पन्छाउदा वा नचिन्दा देशको यो हालत भएको छ । सरकार रोजगारीको अवसर छ भन्छ तर युवा बेरोजगारको मारमा छन् ।

रोजगारीका लागि हरेक दिन सयौँ युवा विदेशिने क्रम जारी छ । योग्यता र क्षमताका आधारमा काम देउ भनी भिखारी झैँ भिख माग्नु परेको अवस्था छ । रोजगारीको विकल्पको रुपमा देशमा एउटा लोक सेवा आयोग छ । यो सबै वर्ग, समुदाय र अहिलेका पिढीँको आकर्षणको केन्द्रविन्दुको बनेको छ । यद्यपी लोक सेवा मात्रै रोजगारीको विकल्प नवनोस् भन्ने आम युवाको आवाज हो । जुन विषयमा शिक्षा हासिल गरेको हुन्छ, त्यहीँ विषयमा रोजगारी दिलाउन सकियो भने युवालाई विदेशिनबाट रोक्न र देशभित्रै परिचालन गर्न सकिन्छ । सरकार र निजी क्षेत्रले युवाको योग्यता र क्षमतालाई हेरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । यसो गर्न सके दक्ष, सीपयुक्त र शिक्षत युवा विदेशिने क्रम रोकिने थियो । हाल देशमा रोजगारीको अवस्था एकदमै चुनौतीपूर्ण बन्दै गएको छ । रोजगारी पाउन कठिनाइ सिर्जना भएको अवस्थामा विकासको सम्भावना अझ झनै कठिन बन्दै गएको छ । सीप, दक्षता र अनुभवका आधार पहिचान गरी युवाहरुलाई स्वदेशमा नै परिचालन गर्न सकियो भने विकासको मुहान युवाबाट नै भेटिन्छ ।

बैंकबाट कर्जा लिन खोज्दै हुनुन्छ ? यसरी लिनुस् करचुक्ता प्रमाणपत्र
काठमाडौं । आवश्यक परेको समयमा वा कुनै पनि व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको नीति अनुसार र संस्थाको आन्तरिक व्यवस्था अनुसार कर्जा दिने गरका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कार्यविधि बनाएर आवश्यक प्रक्रिया पुर्याएको आएको खण्डमा अपुग पूँजी कर्जा स्वरुप दिइरहेको छ ।कुनै पनि नेपाली नागरिकले बालिक भइसकेपछि भविष्यमा भुक्तनी गर्न सम्झौता गरेर बैंक वित्तीय संस्थाले माग गरे अनुसारको प्रक्रिया पुरा गरि आवश्यकता अनुसार कर्जा लिन सक्ने व्यवस्था नेपालमा रहेको छ ।
हिँजोको दिनसम्म बैंकबाट कर्जा लिएका ऋणीलाई भन्दा अब कर्जा लिन चाहने नयाँ ग्राहकलाई केही व्यवस्थाहरु परिवर्तन भएको छ । जसअनुसार बैंक वित्त कम्पनीहरुबाट गाडी किन्न वा उद्योग, घरजग्गा खरिद गर्न, व्यापार तथा कुनै प्रकारको गैर व्यवसाय कर्जा लिन चाहने ग्राहकले वार्षिक आयकर तिरेको कर चुक्ता प्रमाण पत्र पेश गर्नु पर्ने छ । यसअघि कर्जा लिने ग्राहकले कर चुक्ता प्रमाण पेश गर्नु पर्दैनथ्यो ।
बैंकबाट पाइने कर्जाहरु
-चालु पुँजीको आधारमा दिइने कर्जा
-ओभरड्राफ्ट कर्जा
-व्यक्तिगत कर्जा
-आवधिक कर्जा
-हार्यर पर्चेज कर्जा
-विपन्न वर्ग कर्जा
-सहुलियत कर्जा (७ प्रकारका कर्जा समाविष्ट)
-शैक्षिक कर्जा
-रियलस्टेट कर्जा
-सेयर धितो कर्जा
-साना तथा मझौला उद्योग व्यवसाय (एसएमइ) कर्जा
-कृषि कर्जा
-नारी कर्जा
राष्ट्र बैंकले यसअघि ५० लाख रुपैयाँ भन्दा बढी वा संस्थागत कर्जाको लागि स्थायी लेखा नम्बर (प्यान) दर्ता गरि अनिवार्य रुपमा प्यानबाट कर तिरेको आधारमा मात्र कर्जा प्रवाह गर्न निर्देशन दिइसकेको छ ।
राष्ट्र बैंकले गत मंगलबार जारी गरेको एकिकृत निर्देशिकाले ५० लाख रुपैयाँ भन्दा कम र व्यक्तिगत कर्जामा पनि कर चुक्ता भएको प्रमाण पेशीको आधारमा मात्र कर्जा प्रवाह गर्न निर्देशन दिएर पछि सोही व्यवस्था बैंकहरुले अवलम्बन गरिसकेका छन् ।
कर्जा लिन के चाहिन्छ ?
सबै बैंक तथा वित्तीय संस्थाहरुले धितोमा वा बिनाधितो दुबै प्रकारका कर्जा प्रवाह गर्ने गरेका छन् । धितो वा बिनाधितो दुबै कर्जा लिनको लागि अब भने आम्दानी अनुसारको सरकारलाई आयकर बुझाएको प्रमाण यस्ता सबै कर्जामा आवश्यक पर्ने हुन्छ ।
यदी उद्यमी तथा स्वरोजगार, व्यापार व्यवसाय गर्न वा कुनै पनि किसिमको गैरव्यवसायीक कर्जा लिन अथवा सरकार तोकेको सहुलियत ब्याजदरमा कर्जा लिनको लागि बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ग्राहकले बुझाउनु पर्ने आवश्यक कागजपत्र निम्न अनुसार छन् ।
-धितोका आवश्यक कागजपत्रहरु
– बार्षिक आम्दानीको कर तिरेको कर चुक्ता प्रमाण पत्र
-कर्जा सम्बन्धी कागजपत्र (नागरिकता, फोटो, स्थायी लेखा नम्बर)
-आयव्ययको विवरण
-व्यवसाय दर्ता प्रमाणपत्र
-जमानी बस्ने व्यक्ति र आवश्यक कागजपत्र
आयकर कति र कसले तिर्नु पर्छ ?
सरकारले आव २०७५/७६ देखि नयाँ आयकर तोकेको थियो । जसमा वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म आम्दानी हुने १ प्रतिशत, ४ देखि ५ लाख रुपैयाँसम्म १० प्रतिशत, ५ देखी ७ लाख रुपैयाँसम्म २० प्रतिशत, ७ देखि २० लाख रुपैयाँसम्म ३० प्रतिशत र २० लाख रुपैयाँ भन्दामाथि जतिसुकै भएपनि ३६ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था सरकारको छ ।
नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर लाग्दछ । श्रमको लगानीबाट प्राप्त हुने पारिश्रमिक, ज्याला, भत्ता सुविधा, बोनस, निवृत्तिभरण, उपदान वा रोजगारीका सम्बन्धमा प्राप्त हुने कुनै पनि भुक्तानी रोजगारीबाट भएको आय अन्तर्गत पर्दछ ।
सक्रिय श्रम, पूंजीको निस्कृय लगानी र उद्यमशीलताको मिश्रणबाट गरिने उद्योग ब्यापार पेशा व्यवसायको श्रोतबाट प्राप्त हुने मुनाफा, लाभ, सेवा शुल्क, मालसामान वा सेवाको विक्रीबाट प्राप्त रकम, व्यवसायसँग सम्बद्ध पुँजीगत लाभ तथा व्यवसायसँग सम्बद्ध भुक्तानीहरु व्यवसायको श्रोतबाट प्राप्त आय मानिन्छ ।
कुनै पनि प्रकारले पूंजी वा पूंजीगत सम्पत्तिको लगानीबाट प्राप्त हुने लाभांश, ब्याज, रोयल्टी, भाडा, प्राकृतिक श्रोत वापतको भुक्तानी, लगानी बीमा वा अवकाश कोषबाट प्राप्त लाभ, पूंजीगत लाभ वा लगानीसँग सम्बन्धित अन्य भुक्तानीहरु लगानीबाट भएको आय अन्तर्गत पर्दछ ।
चिठ्ठा, उपहार ,पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ आकस्मिक लाभको २५ प्रतिशत आयकर तिर्नु पर्दछ ।
यदी कोही व्यक्ति कुनैपनि संघ संस्थामा आवद्ध भएर भएर मासिक रुपमा तलब लिएको छ वा व्यापार व्यवसाय गरिरहेको हो, भने सरकारी नीति अनुसार उसको बार्षिक आम्दानीको हिसाबमा कर तिर्नु पर्ने हुन्छ ।
व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाहरुले बाहेक अन्य व्यक्तिको कृषि आम्दानीमा कर लाग्दैन । तर घर भाडाको संर्दभमा भने आम्दानीको १० प्रतिशतले आयकर लाग्दछ । यस्तो कर प्राकृतिक (निजी प्रयोजनका घर) व्यक्तिका लागि अन्तिम हुने व्यवस्था छ ।
बहालमा लगाउने कम्पनीहरुका हकमा भने आय विवरण पेश गरी स्वयंकर निर्धारण गर्नु पर्दछ । यस्तै, विदेशमा बस्ने नेपालील विदेशमा आर्जन गरेको आयमा पनि नेपालमा कर लाग्दछ ।
तर, विदेशमा तिरेको कर भने नेपालमा तिर्नु पर्ने करमा (नेपाली करको सरदर दरले हुने गणनामा नबढ्ने गरी) हिसाब मिलान गर्न वा खर्च लेख्न पाइन्छ । तर यस्तो प्रकारको आयकरको प्रमाण भने बैंकमा कर्जा लिदाँ बुझाउनु नपर्ने राष्ट्र बैंकले जनाएको छ ।
के हो कर चुक्ता प्रमाणपत्र ?
कुनै व्यक्तिले निश्चित मिति सम्मको ऐन बमोजिम वुझाउनु पर्ने आय विवरण÷वित्तिय विवरण र तिर्न पर्ने सम्पुर्ण कर दाखिला गरिसकेपछि करदाताको माग बमोजिम जारी गरिने कर तिरिसकेको प्रमाण पत्रलाई कर चुक्ता प्रमाणपत्र भनिन्छ । करदाताको आवश्यकता आवश्यकता अनुसार कर चुक्ता प्रमाणपत्र लिन सकिन्छ ।
नियमित रुपमा सरकारलाई आयकर तिर्नेहरुले सहजैरुपमा कर चुक्ताको प्रमाणपत्र लिन सक्छन् । पारिश्रमिक वा आम्दानी आयको कर चुक्ता प्रमाणपत्र आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुले वार्षिक आयकर चुक्ता प्रमाण दिन्छन् ।
कर चुक्ता प्रमाण पत्र प्राप्त आवश्यक कागजपत्र
-करदाताले व्यहोरा खुलाई १० रुपैयाँको राजपत्र अंकित टिकट टासेर पायक पर्ने आन्तरिक राजश्व कार्यलयमा दिने ।
-आय विवरण पेश गर्नु पर्ने हकमा सो विवरण पेश गरि निर्धारित कर दाखिला गरेको हुनुपर्छ ।
-विगत आवहरुको आय विवरण र वक्यौता नभएको व्यक्तिले मात्र कर चुक्ता प्रमाण पाउँछ ।
-वित्तीय विवरण पेश गर्नु पर्ने संस्थागत करदाताले वित्तीय विवरण र कर तिरेको भौचर बुझाउनु पर्नेछ ।
-रोजगारीको आय हुनेको सम्वन्धमा रोजगारदाताबाट आम्दानी र कर दाखिलाको विवरण बुझाउनु पर्नेछ ।
-अन्य आयकरको कर चुक्ता प्रमाणपत्र लिने हकमा भने कार्यलयले तोकेको विवरण बुझाउनु पर्ने हुन्छ ।
कर चुक्ता प्रमाण पत्र लिदाँ कुनै पनि शुल्क तिर्नु पदैन् । तर जुन आवको कर चुक्ता प्रमाण लिने हो त्यो आवको सबै कर दाखिला भने भएको हुनु पर्ने छ ।यी सबै कागजात आन्तरिक राजस्व विभागको वेबसाइडम गएर अनलाइनबाटै फर्म भरेर पनि करचुक्ताको प्रमाणपत्र लिन सकिन्छ ।
यदी कर कार्यलयको कर्मचारीले कर चुक्ता प्रमाणपत्र दिनमा कुनै प्रकारको कठिनाईहरु वा वातावरण र्सिजना गरेमा सम्वन्धीत कार्यलय प्रमुख वा आन्तरिक राजश्व विभाग प्रमुखलाई उजुरी दिन सकिन्छ ।

Contact Me

Get in touch