यस बर्ष उत्कृष्ट कार्यगर्ने बाँके जिल्लाका दुई ओटा युवा क्लबहरुलाई एक कार्यक्रमका बिच नगद सहित सम्मानीत गरिने व्यवस्था भएको छ ।
जिल्ला युवा क्लब सञ्जाल बाँकेको आज नेपालगन्जमा बसेको कार्यसमिति बैठकले उत्कृष्ट युवा क्लब छनोट गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले क्लब छनौट गर्नका लागि आवश्यक पर्ने रणनीतिहरु त्यार गर्नका लागि सञ्जालका सदस्य अनुप बर्माको संयोजकत्वमा पाँच सदस्सिय समिति समेत चयन गरिएको छ । समितिका सदस्यहरुमा दुर्गा खड्का, बिक्रम पासी, सतिस शर्मा र मोतीलाल चौधरीलाई चयन गरिएको छ । यसैगरी बैठकले जिल्लामा रहेका स्थानीय युवा क्लब हरुले गरिरहेका गतिविधिहरुको बारेमा समिक्षा गर्दै सञ्जालको भावी कार्य योजनाको बारेमा समेत छलफल गरेको छ ।

No comments