BP Bamdev Pokharel

Jun 23, 2014

जिल्ला युवा संजाल बाँकेको कार्यसमितीको बैठक सम्पन्न

यस बर्ष उत्कृष्ट कार्यगर्ने बाँके जिल्लाका दुई ओटा युवा क्लबहरुलाई एक कार्यक्रमका बिच नगद सहित सम्मानीत गरिने व्यवस्था भएको छ ।
जिल्ला युवा क्लब सञ्जाल बाँकेको आज नेपालगन्जमा बसेको कार्यसमिति बैठकले उत्कृष्ट युवा क्लब छनोट गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले क्लब छनौट गर्नका लागि आवश्यक पर्ने रणनीतिहरु त्यार गर्नका लागि सञ्जालका सदस्य अनुप बर्माको संयोजकत्वमा पाँच सदस्सिय समिति समेत चयन गरिएको छ । समितिका सदस्यहरुमा दुर्गा खड्का, बिक्रम पासी, सतिस शर्मा र मोतीलाल चौधरीलाई चयन गरिएको छ । यसैगरी बैठकले जिल्लामा रहेका स्थानीय युवा क्लब हरुले गरिरहेका गतिविधिहरुको बारेमा समिक्षा गर्दै सञ्जालको भावी कार्य योजनाको बारेमा समेत छलफल गरेको छ ।