BP Bamdev Pokharel

Feb 16, 2016

बनकटवा गाविसमा सामाजिक जवाफदेहिता विषयक तालिम

बनकटवा, ४ फल्गुणः मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)ले मंगलवार बाँकेको बनकटवा गाविसमा तालिम सम्पन्न गरेको छ ।

सार्वजनिक वित्त व्यवस्थापन परियोजना अन्र्तरगत सञ्चालित तालिममा लैंङ्गिक समता तथा सामाजिक समावेशीता, सूचनाको हक, सहभागितामूलक योजना तथा बजेट निर्माण, बजेट साक्षरता, लैंङ्गिक तथा गरिवमुखी बजेट निर्माणका विषयमा गाविसस्थित वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र र एकिकृत योजना निर्माण समितिका पदाधिकारीलाई तालिम प्रदान गरिएको हो ।

सार्वजनिक बजेट के हो ? सार्वजनिक बजेटको आम्दानी खर्च प्रक्रिया, योजना तर्जुमाका १४ चरणहरु, सार्वजनिक बजेटको चक्र, बजेट निर्माण, विनियोजन, खर्च तथा फच्र्यौट लगायतका विषयमा हरप्लेसका कार्यक्रम संयोजक बामदेव पोख्रेल र फिल्ड कार्यक्रम अधिकृत उमेश देवकोटाले सहजिकरण गरेका थिए ।

विभिन्न समितिमा रहि काम गरि रहेका भए पनि सबै प्रक्रियाका बारेमा स्पष्ट नहुँदा समस्या सिर्जना भएको भन्दै तालिमले योजना तर्जुमा र बजेट विनियोजन तथा खर्चका बारेमा स्पष्ट पारेको तालिम पश्चात एकिकृत योजना तर्जुमा समितिका प्रतिनिधी लील बहादुर नेपाली लगायत अन्य सहभागीहरुले बताएका छन् ।
तालिममा बनकटवा गाविस सचिव दिपक पौडेल, गाविसका कर्मचारी गरि ३८ जनाको सहभागिता रहेको थियो । यस परियोजना अन्र्तगत हरप्लेसले बाँके जिल्लाका १० गाविसहरुमा काम गरिरहेको छ ।