फागुन १५ नेपालगन्ज: अन्तीम क्वाटर फाईनल खेल आइतवार हुदै ।
बाँकेमा जारी विद्यालय स्तरीय जिविस कप क्रिकेट प्रतियोगितामा आइडिएल पब्लिक उच्च मावि नेपालगन्ज सेमिफाईनलमा प्रबेश गरेको छ । शनिवार मंगलप्रससाद उच्च माविको खेल मैदानमा भएको खेलमा आइडिएलले युनाइटेड एजुकेशनल एकेडेमी कोरियनपूर लाई तीन विकेटले पराजित गरेको छ । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युनाइटेडले १६ ओभर चार बलमा सबै विकट गुमाउँदै एक सय १४ रन बनाएको थियो । उसका लागि राकेश चौधरीले २४,विकास गिरीले २०रन बनाउनु वाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् युनाइटेडलाई दवावमा राख्न आइडिएलका बलर ईसाद मियाँले चार तथा अकिव अली शेखले एक विकेट लिएका थिए । जवाफी एक सय १५ रनको लक्ष्य पछाएको  आइडिएल १७.५ ओभरमा ७ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको छ । उसका लागि उसका लागि अफजल खाँनले १९ फरदिन खाँनले १७ अकिव अली शेखले ११ रन बनाएका थिए । युनाइटेडका बलर प्रकास थापा विपुल शर्मा र निश्चल विसीले समान दूई÷दुई विकेट लिएका थिए । प्रतियोगितामा आइतवार अन्तीम क्वाटर फाईनलको खेल हुने भएको छ । बााके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरका अनुसार अन्तीम क्वाटर फाईनल खेलमा होलील्यान्ड उच्च मावि नेपालगन्ज र गोर्खा पब्लिक उच्च माबि विच खेल हुनेछ ।  जिविस बाँके को सहयोगमा भईरहेको प्रतियोगिता १८ गते सकिनेछ । 

No comments