फाल्गुन २१: बास केन्द्रिय कार्यालय नेपालगञ्जले आज नेपालगन्जमा बिभिन्न व्यक्ति तथा सँस्थाहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।
बासको आयोजनामा आज सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा जाजरकोट घर भई हाल नेपालगन्ज बस्दै आएकी एकल महिला मुना शाहीकी छोरी अस्मिता शाहीलाई बासको वालवालिका सहयोग कार्यक्रमका तर्फबाट नगद रु। ५ हजार, लामो समय देखि क्यान्सर रोगबाट पीडित रही हाल उपचाररार्थ जयसपुर बाँकेकी रोसन जहाँ अन्सारीलाई उपचार खर्च स्वरुप संस्था र बास आबद्ध पदाधिकारी तथा कर्मचारीहरुका तर्फबाट नगद रु। २० हजार र लामो समय देखि महिला हिंसाको बिरुद्ध बाँके जिल्लामा कार्यरत स्वयम्सेवी संस्था महिला जागृती सेललाई नगद रु। ५ हजार सहयोग गरिएको छ । यो सहयोग बास जन्म दिन शुभकोषबाट सहयोग गरिएको हो ।
गैसस क्षेत्रका अगुवा, बाँके युनेस्को क्लबका अध्यक्ष तथा बासका सल्लाहकार प्रबेज अली सिद्धिकीले सो सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सिद्धिकीले बासबाट भएको सहयोगको प्रशंसा गरे । उनले बासको बिबिधताको सह्राना गरे ।
कार्यक्रमका अतिथि स्थानीय शान्ति समितिका संयोजक तेज बिक्रम शाहले मानविय भावनाले गरिएको सहयोग कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताए ।
कार्यक्रममा प्रतिकृया मन्तब्य राख्दै वालिका अस्मिता शाहीकी आमा मुना शाहीले भावबिह्ल हुदै सहयोगका लागि धेरै ठाउँमा धाएपनि सहयोग कतैबाट नपाएको गुनासो पोखिन् । मजदुरी गरेर छोरी पालीरहेको भन्दै उनले बासबाट भएको सहयोगले छोरीको अध्ययनमा टेवा पुग्ने विश्वास ब्यक्त गरिन् । यसैगरी क्यान्सर पीडित रोशन जहाँ अन्सारीका वुवा रोशनअली अन्सारीले आफुलाई बिपत्ती परेको बेला संस्थाले गरेको सहयोगले निकै सहयोग पुर्याएको प्रतिकृया दिए । यसैगरी महिला जागृती सेलकी अध्यक्ष क्रान्ति भट्टले सहयोगले निकै खुसी बनाएको भन्दै बासले गर्दै आएको सहयोग र स्नेहले काम गर्ने हौसला बढेको बताईन् ।
वालवालीका सहयोग कार्यक्रमको अवधारणा, उद्देश्य र सहयोग घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेको कार्यक्रमको सञ्चालन बासका उपनिर्देशक हेमराज भट्टले गरेका थिए । उपस्थित सबैलाई स्वागत बासका बरिष्ठ उपाध्यक्ष रज्जवअली बागवानले गरेका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा सहयोग गर्ने सहयोगी व्यक्तिहरु गरी ४० बढिको सहभागीता रहेको बासका प्रवक्ता बामदेव पोख्रेलले जानकारी गराएका थिए ।