BP Bamdev Pokharel

Aug 2, 2016

युवाहरुका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

२०७० फाल्गुण २ गते, 
नेपालगंज, बाँके
राष्ट्रिय विकास स्वयंसेवक सेवासँग आबद्ध युवाहरुको क्षमता अभिबृद्धिका लागि ७ दिने क्षमता विकास तालिम नेपालगन्जमा संचालन गरीएको थियो ।

राष्ट्रिय विकास स्वयंसेवक सेवासँग आबद्ध रहेको युवाहरुलाई सामाजिक विकासका लागि खेल्न सक्ने भूमिको पहिचान गरि स्थानिय सवालहरुलाई समाधान गरि सकार्यात्मक नेतृत्व, लेखन शिप तथा संवादको शीप विकास गर्नका लागि तालिमको आयोजना गरिएको थियो ।
राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय विकास स्वयंसेवक सेवासँग आबद्ध रहेर स्वयंमसेवा गरिरहेका मध्यपश्चिमाञ्चल क्षेत्रका सबै जिल्लाका स्वयंमसेवकहरु ७५ जना तालिममा सहभागी थिए । तालिम एकैसाथ तिनवटा ठाउँमा संचालन गरिएको थियो ।

स्वयंमसेवक युवाहरुको लेखन शैलीको विकासका लागि लेखनका विभिन्न तरिकाहरुमा प्रशिक्षकहरुले सहाजिकरण गर्नु भएको थियो ।

तलिमको अवधिमा सबै जना सहभागीले तालिममा प्रतिवेदन तथा प्रस्तावना लेखनको कार्यगत अभ्यास गरि नमुना प्रतिवेदन तथा प्रस्ताव पत्र तयार समेते गरेका थिए ।


तालिम २०७० माघ २५ गते देखि २०७० फाल्गुण २ गते सम्म संचालन भएको थियो ।
कार्यक्रममा सहजिकरण गर्दै  विजय प्रसाद मिश्रा https://www.facebook.com/vijay.p.mishra