25th January 2016,
नेपालगन्ज ।
सामाजीक सदभावका लागी युवाहरुले महत्वपुर्ण भुमीका खेल्नुपर्नेमा आज नेपालगन्जमा आयोजीत एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । वर्तमान परीस्थीतिमा तराईमा उत्पन्न समस्याले विभिन्न समुदायमा शान्ति सदभावमा खलल् आउन नदिन युवाहरुले महत्वपुर्ण भुमीका खेल्नुपर्ने वताइएको हो ।
युवाले द्धन्द्धको रोकथाम गरी लोकतान्त्रिक सहभागीता गराउन सक्नु नै आजको आवश्यकता भएको औलाइएको छ । युएनडिपीको सहयोगमा वागेश्वरी असल शासन क्लवले आयोजना गरेको सामाजीक सदभावका लागी युवाको भुमीका विषयक शान्ति सम्वाद कार्यक्रमका सहभागीले सवैले जानेका सीकेका कुराहरुलाई समेत व्यवहारमा उतार्नु सक्नुपर्नेमा समेत सहभागीले जोड दिए । युएनडिपीका क्षेत्रिय प्रमुख शिव विश्वकर्माले कार्यक्रमको उद्देश्यमा माथी प्रकाश पादै समाजमा शान्ति स्थापना गर्न युवाहरुले पुलको भुमीका निर्वाह गर्नुपर्ने वताए। सहभागीमध्येे हेमन्तराज काफ्लेले युवाहरुलाई अवसर दिएर उनिहरुको शक्तिलाई सकरात्मक काममा प्रयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै अर्का सहभागी ममता थापाले खेलमा खेलाडिको बिचकाे एकता जस्तै युवाले सामाजीक मेलमीलापका लागी एकताबद्वध भएर लाऊनु पने बताइृन । त्यस्तै सहभागी बामदेव पोख्रेलले युवाहरुलाई परीचालनमा नभई नेतृत्व तहमा ल्याएर समाजलाई मेलमीलापको दिशातिर उन्मुख गराउनका लागी पहल थाल्नुपर्ने बताए । युवानै देशको मेरुदण्ड भएकाले युवाशक्तिलाई सहि रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहाले समाजमा दिगो शान्ति स्थापनाका लागी युवापुस्ताले नेतृत्व लिन सक्नुपर्ने बताउदै सवैको समान सहभागीतामा सदभाव कायम गर्न सकिने एक सामाग्री प्रस्तुत गरेका थिए । बासका उपनिर्देशक हेमराज भट्टले सहजीकरण गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसस्था, समाजसेवि, पत्रकार लगायत ३५ जनाको सहभागीता रहेको थियो ।
