नेपालगञ्ज

माघ १४ गते, २०७२(  भ्रष्टाचार बिरुद्धको दोश्रो राष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य मनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।  

बासको मूख्य आयोजनामा फाल्गुण ७ गते हुने भ्रष्टाचार बिरुद्धको दोश्रो राष्ट्रिय युवा सम्मेलनको तयारीका सन्दर्भमा बास नेपालगन्जले आज नेपालगन्जमा गरेको संघ—सँस्थासँगको समन्वय बैठकका सहभागीहरुले सम्मेलनलाई सभ्य बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । भ्रष्टाचार बिरुद्धको अभियान सबैको साझा अभियान भएकाले सबैले यस अभियानमा लाग्नु पर्ने गैसस महासंघ बाँके शाखाका अध्यक्ष प्रभात कुमार ठकुरीले बताए । कार्यक्रममा बोल्दै उनले बासको अगुवाईमा गर्न लागेको सम्मेलनमा सबै गैससहरुले आयोजकको भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यहि फाल्गुन ७ गते नेपालगन्जमा गर्ने भनीएको सम्मेलनको तयारी र योजनाका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । जिल्लामा कार्यरत दुई दर्जन बढी गैससकर्मीहरुको सहभागीता रहेको बैठकको धन्यबाद ज्ञापन सहित समापन बासका कार्यबाहक अध्यक्ष मन भण्डारीले गरेका थिए ।

बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा स्वागत तथा उद्धेश्यमाथि प्रकास सम्मेलन तयारी संघ सँस्था उपसमितिका संयोजक बामदेब पोख्रेलले गरेका थिए । 

भ्रष्टाचार बिरुद्धका अभियन्ताहरुको उपस्थिती र ७५ वटै जिल्लाका यूवाहरुको सहभागितामा भ्रष्टाचार बिरुद्धको उक्त सम्मेलन नेपालगजमा फाल्गुण ७ गते हुँदै छ ।


कार्यक्रममा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाँकेका अध्यक्ष मोहम्मद शेर बागवान, के। आई। नेपालकी राधिका गिरी, यूवा अभियानका गिरिधर अधिकारी, महिला मिलिजुलीकी सँगिता राई, नेपालगञ्ज यूथ सेन्टरका गजे थापा लगाएतले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने बताएका थिए ।





No comments