BP Bamdev Pokharel

Aug 2, 2016

संबिधानको मस्यौदामा युवा सवालका बिषयमा छलफल

११ जुलाई २०१५ 
नेपालगन्ज, बाँके

जनता सामु ल्याइएको मस्यौदाले युवा सवाललाई उठान गर्न नसकेको शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा सहभागि युवाहरुले बताएका छन । 

संबिधानको मस्यौदामा युवा सवालका बिषयमा युवा अभियान र जिल्ला युुवा कल्ब सञ्जाल बाँकेले आयोजना गरेको कार्यक्रमका युवाहरुले संबिधानमा युवा मुद्दालाई स्पष्टसँग मस्यौदाले समेट्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कार्यक्रममा अधिबक्ता लोकबहादुर शाहले युवा वर्गका लागि रोजगारी र निशूल्क एवं प्रभावकारी उच्च शिक्षाको ज्ञारेन्टी संविधानमा समावेश गर्न आवश्यक भएपनि त्यसो नभएको वताउनुभयो । 

अधिबक्ता बिश्वजित तिवारीले कानूनको शासन कार्यान्वयनको सवालमा सवै यूवाहरु एकमत र एकजुट हुनुपर्ने बताउनुभयो । विद्यार्थी भुमि भण्डारीले सरकारले समानताको हक समेटिएको संबिधानले मात्र युवाको माग सम्बोधन गर्न सक्ने बताउनुभयो । कार्यक्रममा युवा अभियान नेपाल बाँकेका कार्यक्रम संयोजक बामदेब पोख्रेलले युवाहरुको भावनाको सम्मानका साथ नयाँ संबिधान जारी गर्नुपर्ने माग राख्नुभयो ।