BP Bamdev Pokharel

Aug 2, 2016

सामाजिक जवाफदेहिता विषयक तालिम सम्पन्न

खासकुश्मा, ५ फाल्गुणः मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)ले वुधवार बाँकेको खासकुश्मा गाविसमा तालिम सम्पन्न गरेको छ ।
सार्वजनिक वित्त व्यवस्थापन परियोजना अन्र्तरगत सञ्चालित तालिममा लैंङ्गिक समता तथा सामाजिक समावेशीता, सूचनाको हक, सहभागितामूलक योजना तथा बजेट निर्माण, बजेट साक्षरता, लैंङ्गिक तथा गरिवमुखी बजेट निर्माणका विषयमा गाविसस्थित वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र र एकिकृत योजना निर्माण समितिका पदाधिकारीलाई तालिम प्रदान गरिएको हो ।

सार्वजनिक बजेट के हो ? सार्वजनिक बजेटको आम्दानी खर्च प्रक्रिया, योजना तर्जुमाका १४ चरणहरु, सार्वजनिक बजेटको चक्र, बजेट निर्माण, विनियोजन, खर्च तथा फच्र्यौट लगायतका विषयमा हरप्लेसका कार्यक्रम संयोजक बामदेव पोख्रेल र फिल्ड कार्यक्रम अधिकृत उमेश देवकोटाले सहजिकरण गरेका थिए ।

तालिममा समापन गर्दै गाविस सचिव कृष्ण बहादुर विष्टले कार्यक्रमको प्रशन्सा गर्दै यस्ता कार्यक्रम वडा केन्द्रित पनि आवश्यक भएको कुरा जानकारी गराउदै कार्यक्रम समापन गर्नु भएको थियो । तालिममा गाविसका कर्मचारी सहित ३७ जनाको सहभागिता रहेको थियो ।