BP Bamdev Pokharel

Aug 2, 2016

तथ्यमा आधारीत पैरवी विषयक तालिम

नेपालगंज, जेष्ठ २४, २०७२
युवा अभियान बाँके द्धारा आयोजीत तिन दिने तथ्यमा आधारीत पैरवी विषयक तालिमको समापन कार्यक्रममा बोल्दै युवाहरुले आप्mना मुद्धा गन्तव्य सम्म पुर्याउन तथ्यमा आधारीत भएर पैरवी गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
समापन कार्यक्रममा सहभागीका तर्पmबाट बोल्दै सोनपुर गाविसका सहभागी सोनी श्रीवास्तवले तिनदिने तालिमले गाविस स्तरमा युवाहरुका मुद्धा पहिचान गरी ति मुद्धाहरुलाई राष्ट्रिय तिनिसम्म पु¥याउन तथ्यमा आधारीत रहि पैरवी गर्नुपर्ने आवश्यकताको महशुस गराएको जानकारीगराउनु भयो साथै कार्यक्रमका अर्का सहभागी फत्तेपुर गाविसका तृष्णा बुढाथोकीले तालीमले युवाहरुलाई पैरवी गर्ने औजार प्रदान गरेको र सो औजारहरु प्रयोग गरी स्थानीय स्तरमा सुशासन कायम गर्न युवाहरुलाई थप ऊर्जा प्रदान गरेको उल्लेख गर्नु भयो ।
बाँके जिल्लामा युवा सशक्तिकरण कार्यक्रम सञ्चालन भईरहेका बाह्र (बेलहरी, गनापुर, महादेवपुरी, सोनपुर, कचनापुर, फत्तेपुर, बिनौना, शम्शेरगञ्ज, खासकुश्मा, ईन्द्रपुर, कम्दी, उढरापुर) गाविसका २५ जना युवाहरुले भाग लिएको उक्त तालीमको सममापनका अवसरमा बोल्दै युवा अभियानका क्षेत्रिय संयोजक गिरीराज अधिकारीले तालीममा सहभागी युवाहरुलाई उत्प्रेरीत गर्दै आ आफ्नो गाविसमा सहभागीहरुले काम सुरु गरे मात्र तालीम सफलहुने विचार व्यक्त गर्नु भयो । साे तालीममा युवा अभियानका जिल्ला संयोजक बामदेव पोख्रेलको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र  समेत वितरण गरीएको थियो ।