![]() |
बामदेव पोख्रेलयुवा अभियन्ता |
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । मनमा जोश, उमङ्ग, ज्ञान, सिप, साहस र सामथ्र्यले युवा वर्ग वर्तमानमा विकासको साझेदारको रुपमा जिम्मेवारी वहन गर्ने क्षमता राख्दछन् । सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको छ, जसलाई राष्ट्र निर्माणमा प्रमुख शक्तिका रुपमा समेत परिचालन गर्न सकिन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको संख्या कुल जनसंख्याको ३८.८५% रहेको छ । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरुदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमता राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी छ ।
नेपालबाट दैनिक सरदर एक हजारको संख्यामा युवा वैदेशिक रोजगारको लागी बाहिरीने गर्दछन भने सोही अनुपातमा बाँके जिल्लामा पनि सरदर ५० औं जना यूवाले वैदेशिक रोजगारी प्रयोजनका लागी दैनिकजसो राहदानी फारम भर्ने गर्दछन् । बाँके जिल्लामा वि.सं. २०६८ को जनगणना तथ्याङ्क अनुसार पेशागत परिवार संख्या कृषि पेशामा आश्रीत ५१.५ % व्यापारमा ६.५% नोकरीमा २०.५ % वैदेशीक रोजगारमा १२.५% ज्यालादारी ११.५% रहेकोमा सो तथ्याङ्कमा यो अवधि सम्म दिगो आर्थिक व्यवस्थाको दृष्टिकोणबाट निकै नकरात्मक परिवर्तन आइसकेको अनुमान मात्रै गर्न सकिन्छ । राज्यले निति निर्माण र कार्यक्रमवाट कति मात्रामा यस वर्गलाई सम्वोधन गर्न सक्यो र यस वर्गको राष्ट्रिय आयमा कति प्रतिशत योगदान हुने अवस्थाको सृजना हुन सकेको छ त्यो खोजीको विषय हो । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले युवावर्ग राष्ट्रको मेरूदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको कुरा युथ भिजन २०७२ ले पनि स्पष्ट पारेको छ । युवा नितिले निर्देशीत गरे अनुरुप राज्यका कुन कुन क्षेत्रमा कतिमात्रामा युवा मैत्री विकासका प्रयास भएका छन ? कति व्यवहारीक प्रयासहरु रहे ? कति कागजी रुपमा रहे सो को स्पष्ट लेखा जोखा हुनु जरुरी रहेको छ ।
युवा वर्गको विकास र विकास क्षेत्रमा सकरात्मक र सक्षम युवा पुस्ताको निमार्ण विना राष्ट्रको दिगो विकास योजना अगाडी वढ्न सक्दैन । सकरात्मक युवा विकास केन्द्रीय तह देखि स्थानिय समुदाय तह सम्म युवा मैत्री वातावरण र युवा सहभागितात्मक विकास प्रक्रियासँग सम्वन्धीत छ । यो सत्य बुझ्न, स्थापित हुन र सो अनुरुप परिवर्तन हुन समय लाग्ने अवस्था सम्म राष्ट्रिय विकासको अभियान पछाडी परिरहने छ । विश्वका विकसित राष्ट्रको विगतलाई हेर्ने हो भने राजनीतिक परिवर्तन पछि राष्ट्रिय गुरुयोजना तयारपारी युवा नेतृत्वलाई जिम्मा लगाइएको अवस्था छ । युवाको नेतृत्वमा राष्ट्रको विकास भएको छ । उदारहण लागी दक्षिण कोरिया, थाइल्याण्ड, फिलिपिन्स, मलेसिया आदी लिन सकिन्छ । विश्वका अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा विभिन्न युरोपीय राष्ट्रहरुमा सकरात्मक युवा विकास राज्यको एक महत्वपूर्ण दायित्वको रुपमा स्थापति भइसकेको पाउन सकिन्छ तर हाम्रो जस्तो विकासोन्मुख, शक्ति र शक्ताको अभ्यासमै बाटो विराएको राजैनीतिक अस्थीरता भएको राष्ट्रमा विकासका अभियानहरु दिगोपन गराउने सुचकाङ्कहरुमा राज्य संचालकहरुको इच्छाशक्ति जाग्नु धेरै टाढाको कुरा रहेको छ । अझै विकास अभियान निति तथा योजना तर्जुमामा राजधानी केन्द्रित सोच एक पद्दती र संस्कार बनेर रहेको हाम्रो राष्ट्रमा अन्य विकासका प्राथमिकताहरुलाई छाडेर राजधानीबाट निकै टाढाका दुर दाराज मोफसलमा युवाको विकासका क्षेत्रमा ध्यान पुग्ने कुरा पक्कै पनि चुनौतिपूर्ण रहेको छ ।
वर्तमान सन्दर्भमा नेपालमा युवा वर्गको सवाल त्यती धेरै मात्रामा नसुनीने, नसुनाइने र निति निर्माता वर्गमा त्यती रुचिकर नरहेको विषय वस्तुका रुपमा लिन सकिन्छ । समग्र नेपाली जनसंख्या मध्य पूर्णतया जोखिममा परेको वर्गको रुपमा युवा वर्ग नै हो । मुलुकको राजनैतिक, सामाजिक, आर्थीक तथा अन्य सवालमा शसक्त भुमिका खेल्ने युवा वर्ग वास्तवमा आफ्नै विकास र भुमिकाका क्षेत्रमा पछि पारिएका छन् र वेवास्तामा परेका छन् । जवाफदेही राजनैतिक इच्छा शक्तिको अभावमा युवा वर्ग कुहिरोको काग जस्ता भएका छन् । युवाहरु विभिन्न देशका निम्न स्तरका श्रमीक पदमा श्रम वेच्न वाध्य भएका छन् । कम से कम राज्यको नियती नै मुलुकका युवा वर्गलाई विदेशमा श्रम वेच्न निकासी गर्ने भुमिका बाट अगाडी बढ्न नसक्ने हो भने पनि सो क्षेत्रलाई अलि व्यापक वनाउँदै श्रम र सिप युक्त जनशक्तिका रुपमा युवालाई वैदेशिक रोजगारीमा पठाउँदा हुने उत्पादनशिलता र आम्दानी वढी हुन सक्दछ ।
युवालाई विदेशमा श्रम व्यापार गर्ने वाध्यतामा राज्यको प्रयासले सहि सहजीकरण मात्रले पनि स्थितीमा थुपै्र परिवर्तन ल्याउन सक्दछ । चलन चल्तीको कोरा ज्ञान युक्त शिक्षा पद्दतीमा परिमार्जन गरेर श्रमवजार सुहाउँदो सर्वसुलभ व्यवहारीक ज्ञान र सिप युक्त प्राविधिक शिक्षा सहितको पाठ्यक्रमलाई अनिवार्य गर्न समेत राज्यले सकिरहेको छैन । प्राविधिक शिक्षालाई ऐच्छीक विषयका रुपमा कता कती देखाएर सो शिक्षा पद्दतीमा कमाइ धन्दा गर्नेहरुलाई मार्ग प्रशस्त गर्ने कार्यमा राज्यका जिम्मेवार अधिकारी र निकाय लाग्दा परिवर्तनको आशा निकै ढिला भइसकेको छ । समय र लगानी खेरै गइरहेको छ । सरसर्ती राज्य भित्रका प्रयासहरुमा हेर्दा देशमा युवा मैत्री विकासको प्रयास र अवस्था शुुन्य प्राय देखिन्छ । राष्ट्रय युवा निति २०६६ आएको ५ वर्ष पुरा भएर नयाँ परिमार्जित युवा नीति २०७२ आएको नी २ वर्ष पुरा भएको छ । यो नीति लागू गर्न र युवा क्षेत्रमा राज्यका प्रयासहरु दिगो गर्नका निम्ती प्रसस्त समयावधि हो । युवा निति लागु भए पछि झिनो पाराले विभिन्न विधामा युवा वर्ग लक्षीत कार्यक्रको सुरुवात भएको पनि देखिन्छ तर अधिकांश युवा लक्षित भनेर ल्याइएका कार्यक्रममा समेत कि त गैर युवा वर्गको हालीमुहाली हुँदा समेत नियमक निकाय कानमा तेल हालेर बसेको छ ।
राज्यको विकासको प्रमुख संवाहक शक्तिका उपर राज्यको दायित्व पुरा भयो कि भएन ? यस प्रश्नको उत्तर अव राज्यमा संचालकले दिनु पर्दछ । राज्यमा भइरहेका यावत विकासका प्रयासहरुमा दिगोपना र भावि पुस्ताले अपनत्व प्रकट गर्ने अवस्थाको स्तरको मापन कसी समेत हो । स्पष्ट आवश्यकता र प्रयास विचको भिन्नता तथा साधन स्रोतको प्रचुरताले दिएको संभावना र व्यवहारीक उपयोग विचको भिन्नता पत्ता नलाग्दा सम्म कुनै ठोस विषय क्षेत्रमा विकासको अवस्था के रहेको छ भनेर किटान गर्न सकिँदैन । समग्र रुपमा युवावर्गका लागी राज्यले के दियो ? युवाले राज्यका लागी के कती योगदान दिन सक्ने सामथ्र्य राख्छन् यो विषयमा स्पष्ट निक्र्याेल हुन जरुरी रहेको छ । समग्र युवा क्षेत्रको विकासका लागी भएका प्रयास के कती सफल ? के कती नपुग ? र कुन कुन क्षेत्रमा ध्यान र पहल वढाउन सकेमा विकासको लक्ष्य हाँसिल गर्नमा सहजता रहला ? भन्ने सम्मको सिमारेखा स्पष्ट पार्नु पर्ने छ । आगामी दिनमा विकासको दिगो रुपमा संचालन तथा संरक्षणका लागी समेत विकास अभियानलाई सकरात्मक रुपमा ग्रहण गर्न सक्ने युवा पुस्ता र विकासका प्रक्रियामा साथसाथै सहभागी र सहकार्य गर्न सक्ने युवा मैत्री वातावरण निर्माणका लागी आम विकास प्रेमी मनहरु र नागरिक वुद्धिजीवीहरुले हरेक सोचाई, योजना र कार्यान्वयनमा युवा पक्षीय धारणा विकास गर्न जरुरी रहेको छ ।
![]() |
| बामदेव पोख्रेल युवा अभियन्ता |

