BP Bamdev Pokharel

Feb 21, 2019

असम्भव केहि छैन यो दुनियामा !! कृतिम सूर्य बनाएर विश्वलाई नै चकित बनाए चीनका वैज्ञानिकले.....

विज्ञानमा एकपछि अर्को सफलता प्राप्त गर्ने क्रममा चिनियाँ वैज्ञानिकहरु कृत्रिम सूर्य बनाउन पनि सफल भएका छन् । प्रकृतिलाई पटक पटक चुनौती दिने काम गरेको चीनले यसअघि पनि आफ्नै देशमा सञ्चालन भएको ग्रीष्मकालीन औलम्पिक खेलमा आकाशको बादल हटाएर एकाएक विश्वलाई चकित तुल्याएको थियो ।
अझ रोचक कुरा त के भने चीनले बनाएको त्यो कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो हुनेछ । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । सौर्यमण्डलको सूर्यको केन्द्रको तापक्रम डेढ करोड डिग्री सेल्सियस छ ।
जबकि चीनले बनाउने नयाँ सूर्यको केन्द्रको तापक्रम १० करोड डिग्री सेल्सियसभन्दा धेरै हुनेछ । चीनको इन्स्टिच्यूट अफ फिजिकल साइन्सका वैज्ञानिकहरुका अनुसार कृत्रिम सूर्यको अहिले परीक्षण चलिरहेको छ । यसलाई द एक्सपेरिमेन्टल एडभान्स सुपर कन्डक्टिङ टोकामाक अर्थात् इस्ट नाम दिइएको छ । कृत्रिम सूर्यमा न्यूक्लियर फ्युजन क्रिया हुनेछ ।
यसले सौर्यमण्डलको मध्यमा अवस्थित कुनै ताराको रुपमा उर्जा भण्डार उपलब्ध गराउनेछ । यो कृत्रिम सूर्यले उत्पन्न गर्ने ऊर्जालाई विशेष प्रविधिबाट पर्यावरणका लागि सुरक्षित हरित उर्जामा परिवर्तन गर्न सकिनेछ । यसले धर्तीमा ऊर्जाको बढ्दो संकटलाई कम गर्नेछ । यसलाई ऊर्जाको वैकल्पिक श्रोतको रुपमा प्रयोग गर्न सकिनेछ ।
यो कृत्रिम सूर्य एक मेसिनको रुपमा हुनेछ । यो डुनोट आकारको हुनेछ । परमाणु विखण्डन प्रतिक्रियाका माध्यमबाट तापक्रम उत्पन्न हुनेछ । यो कृत्रिम सूर्य एक दिनका लागि सञ्चालन गर्न कीब २० लाख रुपैयाँ बराबरको खर्च हुने बताइएको छ । अहिले यो कृत्रिम सूर्यवाला मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स टापुमा राखिएको छ ।
कृत्रिम सूर्य बनाउनका लागि हाइड्रोजन ग्यासलाई ५ करोड डिग्री सेल्सियसको तापक्रममा तताएर त्यसको तापक्रम १०२ सेकेण्ड सम्म स्थिर राखिन्छ । त्यसबाट हाइड्रोजन हिलियममा परिणत हुन्छ र ठूलो परिमाणमा ताप र प्रकाश निस्किन्छ ।