महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको अभिमुखीकण कार्यक्रम सम्पन्न भएको छ । आफ्ना अभिकर्ताहरुलाई महालक्ष्मीका योजनाहरुका बारेमा जानकारी दिने उद्धेश्यले अभिमुखीकण कार्यक्रम आयोजना गरीएको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड कोहलपुर शाखा प्रमुख बामदेव पोख्रेलले जानकारी दिए ।

कम्पनीका प्रमुख कार्याकारी अधिकृत रमेश कुमार भट्राईले जीवन बीमा क्षेत्रको इतिहास, नेपालमा जीवन बीमाको सम्भावना र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको भावी योजना, कम्पनीका रणनीती विषयवस्तुहरु लगायत अभिकर्ताहरुलाई उत्तप्रेरणत्मक प्रशिक्षण दिएका थिए ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कम्पनीका सबै योजनाहरु र एजेन्सी सिस्टमका फाईदाका विषयमा प्रशिक्षण दिएका थिए ।
आज पनि भोली पनि, बचत पनि सुरक्षा पनि नाराकासाथ उदाएको महालक्ष्मी लाईफ इन्स्योरेन्सले छ महिनाको अवधिमा ८ बढी बीमाका नयाँ योजनाहरु बजारमा ल्याएको छ ।
बजारमा उपल्बध बीमा योजना भन्दा नितान्त फरक जीवन हेरचाह बीमा, डबल सावधीक बीमा, लगानी फिर्ता म्यादी बीमा लगायतका योजनाहरु आफुहरुले ल्याएको कोहलपुर शाखा प्रमुख बामदेव पोख्रेलले बताए ।
अभिमुखीकरण कार्यक्रममा ५० बढिको सहभागीता रहेको थियो ।

#साभार: https://kanchulikhabar.com

No comments